Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा कार्यरत एक  स्वास्थ्यकर्मीमा  कोरोना पुष्टि

अछाम :बयालपाटा अस्पतालमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएको छ । बयालपाटा अस्पतालमा कार्यरत २७ बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

संकास्पद लक्षण देखिएपछि एण्टीजेन जाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए । उनका अनुसार थप एक जना बिरामीलाई समेत कोरोना पोजिटभ देखिएको छ ।

एकजना पुरुषमा पनि कोरोना देखिएको हो । यस्तै एकजना थप संकास्पद बिरामी समेत भर्ना रहेका डा. पाठकले बताए । उनको अहिले एण्टीजेन जाँच गरिने बताए ।

बिश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमण बढेसंगै नेपालमा पनि संक्रमणको दर दिनदिनै बृद्धि भईरहेको छ । 

तपाईको प्रतिक्रिया