Advertisement
SKIP THIS
मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

कमल रावल, अछाम:जिल्लाको मंगलसेन नगरपालीका पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालीकाका १४ वटै वडाका शुन्य देखि १५ महिना र १६ महिना देखि २३ महिना सम्मका बालबालिकाले हाल पुर्ण रुपमा खोप पाईरहेकाले पुर्ण खोप सुनिश्चितता नगरपालीका घोषणा गरिएको हो ।

नगरपालीकाको १ देखि १४ वडा सम्मका शुन्य देखि १५ महिना भित्रका ६ सय ५५ र १६ महिना देखि २३ महिना सम्मका ३ सय २३ बालबालिकाले पुर्ण खोप यतिबेला पाईरहेकाले घोषणा गर्न सफल भएका नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारीले बताए । नगरपालीकाको खोप अभियानको तथ्यांक प्रस्तुत गर्दै सोडारीले खोप सुनिश्चितता घोषणा अभियान एकचोटी गरेर मात्र नभई निरन्तरताको अभियानको भएको बताए।

नगरपालीका पुर्ण खोप समन्वय समिती संयोजक तथा नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी रावलले सामाजिक अभियानको दायित्व बोझ सरकारले ग्रहण गर्नुपर्ने बताए । शिक्षा र स्वास्थ्य जस्ता जन्मसिद्ध अधिकार सरकारले दिन सक्नु पर्नेमा जोड दिदै यस तर्फ सबले ध्यान दिनुपर्ने बताए ।

देशको बाल मुत्युदर घटाउन नै पुर्ण खोप सुनिश्चितता अभियान संञ्चालन हुने भएकाले सबैले साथ दिनु पर्ने बताए । नागरिकको शारिरीक बिकासले समृद्ध देश बनाउने अभियानमा टेवा पुग्ने भएकाले राज्यको ध्यान त्यसतर्फ जानु पर्ने धारणा राख्नु भयो । कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले हरेक वडाको तथ्यांकले पुर्ण खोप सुनिश्चितता अभियानलाई सहयोग गर्ने भएकाले सबै कार्यको विवरण संकलन हुनुपर्ने बताए ।

रोग लाग्नु भन्दा पनी न्युनिकरण गर्ने सचेतिकरणका कार्यक्रममा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांनाले स्वास्थ्यका हरेक सुचकमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो । यतिबेला अछाम जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान चलिरहेकाले सबैलाई साथ दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा सम्पुर्ण वडाअध्यक्षको तर्फबाट मंगलसेन नगरपालीका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, सबै महिला स्वास्थ्य स्वयमसेविकको तर्फबाट बिमा बिष्टले प्रतिबद्धता सहीत शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कार्यपालीका सदस्य, वडाअध्यक्ष, स्वास्थ्यकर्मि, महिला स्वंयमसेविकाको सहभागीता रहेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेब चन्द्र प्रसाद ढुगांनाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया