निराकरण सम्वाददाता अछाम:नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड अछाम शाखाले साँफेबगर नगरपालिका वडा न. १० संग्रातोली निवासी स्व. कमल खड्काकि आमा तुलसी देबी खड्का लाई रु. १४ लाखकाे चेक घरमै गएर हस्तान्तरण गरेको छ।
स्व. खड्का २०७४ सालमा बैदेशिक राेजगारिकाे लागि मलेशिया गएका बेला नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनि लिमिटेडमा बैदेशिक बिमा अन्तरगत बार्षिक १ सय २७ को वैदेशिक म्यादी बिमा गरेका थिए।
बिदेशमा राेजगारिकै शिलशिलामा उनकाे २०७७ फागुनमा मृत्यु भएको थियाे। बिमितकाे मृत्यु पश्चात परिवारको ईच्छाएका ब्यक्ति उनको आमा तुलसी देबि खड्का लाई साफे बगर नगरपालिका १० का वडा अध्यक्ष श्री लाल बहादुर खड्का र नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड अछाम शाखाका शाखा प्रमुख दिपक बहादुर खड्काले १४ लाखको चेक घरमै गई गरे।
कार्यक्रममा एजेन्सी कार्यालय मेल्लेखका एजेन्सी म्यानेजर मनिराज महर ,मेल्लेख गापा वडा न. ८ का वडा सदस्य तथा अभिकर्ता मोति सिंह सुनार , कर्मचारी हेमराज जोशी , कर्मचारी पुजा बयक , लगाएत ४० जना स्थानियकाे उपस्थित रहेकाे थियाे।
नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी नेपालकै पहिलाे र अग्रणी जिवन बिमा कम्पनि हाे। बि.स २०४४ मा स्थापना भएको कम्पनीकाे प्रबर्द्धक पुर्ण सरकारी स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैंक रहेकाे छ।