अछाम : बान्निगढी जयगढ गाउँपालिकाले राहत बितरणको कार्य सुरु गरेको छ । गत भाद्र २ गते अन्य विभिन्न समयमा आएको अविरल बाढिले बाली बगाएका किसानहरु लाई राहत उपलब्ध गराएको हो ।
पालिकाको बिपत ब्यावस्थापन कोष बाट खाद्यान्न खरिद गरि वडा नम्बर ६ दर्ना १ सय ५४ जना किसानहरु लाई गाउँपालिकाले राहत बितरण गरिएको हो ।
राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरीएको हो । किसानहरूले थोरौ भए पनि गाउँपालिका बाट राहत स्वरुप खाद्यान्न दिदा खुसी लागेको प्रक्रिया दिएका छन् ।
आफुहरुको उब्जनी गरेर खाने खेत हरु सबै बगरमा परिणत भएर समस्या सिर्जना भएको बेला थोरै राहतले आफुहरु लाई केही समय सम्म सहयोग बुग्ने भन्दै पालिका लाई धन्यवाद दिएका छन् ।
उनिहरुले आउने दिनहरुमा खाद्यान्न भन्दा पनि खेतहरुमा थप क्षेती हुन नदिनका लागि कैलाशखोला आशपासका क्षेत्रमा तटबन्ध बनाई दिन पालिका, प्रदेश र केन्द्र सरकार संग माग गरेका छन् ।
बिपत ब्यावस्थापन समितिका सङ्योजक केशर बिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक गाउँपालिका अध्यक्ष तथा वडा नम्वर ३ का अध्यक्ष कुल बहादुर सेट्टि रहनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कडायत विशिष्ट अतिथि रहेका थिए।राहत वितरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशी, स्वास्थ शाखा प्रमुख वसन्त रावल लगायत स्थानिय किसानहरुको सहभागीता रहेको थियो ।
वडा सचीव दिनेश रावलको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको सन्चालन तिलक ठकुल्लाले गरेका थिए।