अछामः अछाम प्रहरीले अवैध बिडीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्लाको साफेबगर नगरपालिकाको घुघुरकोटबाट बुधबार साँझ ट्रक नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले राजश्व छली गरेर भित्र्याइएको बिडी बोकेको ट्रक नियन्त्रणमा लिएर जिल्ला ल्याइरहेको बताए।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार जिल्ला पुगाए पछि मात्र त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताए।
बरामद गरिएको बिडी आन्तरिक राजश्व कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।
अछामका दुई प्रहरी चौकी छल्दै कसरी पुग्यो अवैध बिडी
अवैध भनिएको एक ट्रक बिडी जिल्ला साफेबगर नगरपालिका वडा नं १० घुधुरकोटबाट प्रहरीले नियन्त्रण लिदा प्रहरी माथि नै गम्भीर प्रश्न खडा भएको छ। डोटी र अछामको सिमाना चौखुट्टेमा प्रहरी चौकि र साफेबगरमा समेत प्रहरी रहेको छ ।
यसरी दुई प्रहरी चौकि पार गर्दै तेस्रो प्रहरी चौकीले नियन्त्रणमा लिदाँ के हेरेर बसे दुई प्रहरी चौकी,अछाममा बेला बेलामा प्रहरीले नियन्त्रमा लिने र सिमाना चौखुट्टे बाट फीर्ता पठाउने तर पछी साटगाठमा पुनह रातको सामान भित्रने गरेको समेत बताईन्छ ,