निराकरण सम्वाददाता अछाम : पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले अछाम सहित देशका सबै जसो ठाउँमा बाक्लो तुवालो लागेको छ।
जिल्लाका विभिन्न साना तथा ठुला दर्जनौ सामुदायिक तथा कबुलियत बन हरुमा डढेलो लागेपनि निभाउन भने कसैले चासो देखाएका छैन ।
बनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार स्थानीय सरकारको रहेपनि बन डढेलो लाग्दा समेत स्थानीय सरकारले बनमा लागेको निभाउन कुनै ध्यान दिएका छैनन् ।
बन ऐन अनुसार बनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।
स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक बन,ग्रामिण तथा शहरी बन,धार्मिक बन,कबुलियती बन र साझेदारी बनको संरक्षण, सम्वर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ। स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् सविना शाक्यले बताइन्।
यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।