निराकरण सम्वाददाता:बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले पालिका भित्रका भुमिहिनहरुलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
एफएमडिसिद्धारा सचालित पारस्पारिक जवाफदेहित परियोजना अन्र्तगत गठित नागरिक सजाल समाजद्धारा आयोजित एक कार्यक्रममा अध्यक्ष खड्काले बर्षाे देखि अर्काेको जमिनमा घर निमार्ण गरी बसेको तर लालपुर्जा आफ्नो नाममा नभएकाहरुलाई पुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उहाँले सबैभन्दा पहिला तथाक संकलन गर्ने र त्यसको आधारमा लालपुर्जा बितरण गर्ने योजना गाउँपालिकाको रहेको बताए ।
उनले प्रदेशबाट आउने योजनाहरुले गाउँ ठाउँमा बिवाद मात्र सिर्जना हुने गरेको बताए । प्रदेशका योजनाहरुका लागी आएको बजेट चरम दुरुपयोग हुने गरेको र यसमा पालिकासगै कुनै समन्वय नहुदा आरोप जति गाउपालिकाले खेप्नु परेको बताए ।
कार्यक्रममा अध्यक्ष खड्काले २०७७÷७८ मा बिनियोजित बजेट र पालिकाले गरिरहेको कामकाबारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका सहसचिब ढकेन्द्र कुँवर,मान बहादुर कुँवर,दलित सेवा संघका राजेन्द्र बगरकोटी,परियोजनाका जिल्ला संयोजक गणेश तिरुवा,आरटीआई सजालका प्रदेश सदस्य मनिष बिक,रेडियो स्रोता क्लबका मोनिका सुनार लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले पालिकाले गरेको गतिबिधिको बिषयका जिज्ञासा राखेका थिए ।