Advertisement
SKIP THIS
स्वास्थ्य क्षेत्र लाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको छु, गाउँपालीका अध्यक्ष बोहरा

लाल बहादुर चदारा मेल्लेख: मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बोहराले मेल्लेख गाउपालिकाले स्वास्थ्य क्षेत्र लाई बिशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवामा सबै लाई पहुच पुर्‍याएकाे बताएका छन ।

अाज मेल्लेख गाउँपालिमा वडा न ४ कसुकाेट कुयडाकाे बर्थिङ सेन्टरकाे उद्घाटन गर्दै उनले अब कुयडा बासिले स्वास्थ्य सेवा लिन टाढा जान बाध्यता हटेकाे बताएका छन।
स्वास्थ्य सेवाका लागि अाबश्यक स्राेत साधान गाउँपालिका बाट नै पहल गरिने बताएका छन ।उद्घाटन कार्यक्रम स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष तथा वडा न ४ का वडा अध्यक्ष बिर बहादुर साउद अध्यक्ष्यतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहेका थिए ।

कार्यक्रम कार्यपालिका सदस्य कमल देबि ताम्राकार मेल्लेख स्वास्थ्य शाखा सयाेजक वीर बहादुर ठकुल्ला मेल्लेख महिला तथा बाल बालिका शाखा प्रमुख ज्वाला रेग्मी समाजसेवी चन्द्र साउद लगायतले मनतब्य राखेका थिए कार्यक्रमकाे संचालन स्वास्थ्य चाैकि कुस्काेटका इन्चार्ज नरेन्द्र रावलले गरेका थिए ।

अाजै अध्यक्ष बाेहराकाे नेतृत्वमा ठाटि वडा न ३ बिराबगमा बन्न लागेकाे पक्की पुल ठाटि स्वास्थ्य चाैकि जग्गा हेरफेर र अासुलेसन भवन , बिराबगर देखि वडा कार्यलय जाेडने सडक निर्माणकार्यकाे अबस्थाकाे पनि स्थलगत निरेक्षण तथा अनुगमन गरेकाे छ ।

अनुगमन मा वडा न ३ का वडा अध्यक्ष केशर बहादुर शाह समाजसेबि अनिल शाह लागायत काे सहभागीता रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया