अछाम : वाईसीएल र अखिल क्रान्तिकारीको सयुत्त भेला तथा प्रशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।
सुरेन्द्र शाहीको अध्यक्षता भएको कार्यक्रम प्रमुख अतिथि नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एब रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउद भास्कर रहनु भएको कार्यक्रममा बिशिस्ट अतिथी नेकपा माओवादी केन्द्रका अछाम सङ्योजक झपट बहादुर साउद रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एब रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउद भास्करले अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी सङगठन पाटीको आधार पाटिको जग भएको बताउदै थप जोस जागरका साथ लाग्न आग्रह गरे ।
उहाँले अनेरास्ववियु क्रान्तिकारीले समाज परिवर्तनको निम्ति सधै लागिरहेको र वर्गसंघर्ष , हक अधिकार को निम्ति लागिरन आग्रह गरेका छन शिक्षा क्षेत्रमा देखियका बिकृती विरुद्ध ,सङ्ग्रह गर्न पछाडि नहट्न आग्रह गर्दै कम्युनिस्ट अन्याय अत्याचारको विरुद्ध मा सधै लागिरहने पाटी रहेको बताए ।
हाम्रो लडाइ पुजीवादी संग साम्राज्यवादि संगको भएकाले आफ्नो हक अधिकार को लागि हामिले लागिरहनु पर्ने समेत बताए । जनताको पृय सङगठन अनेरास्ववियु क्रान्तिकारी भएकाले जहाँ जनता छ, तेहि अनेरास्ववियु क्रान्तिकारी जहाँ दुख जहाँ बिकृती छ, त्यस्ता कुराहरु अन्त्य गर्न पुग्न आग्रह समेत गरे।
अतिथी तथा,अछाम सयोजक झपट साउले अखिल क्रातिकारी शरीर को हातखुट्टा जस्तै पाटिको अभिन्न अङग रहेको बताउदै अनेरास्ववियु क्रान्तिकारी को त्याग तपस्या सङ्ग्रह र बलिदानी ले पाटी ,नेर्तित्व मा पुगेको बताए ।
जहाँ जनता तेहा अनेरास्ववियु क्रान्तिकारी रहेको बताउदै निजि करण का विरुद्ध समाज बिकृती का विरुद्ध भ्रष्टाचार का विरुद्ध लागिरहन समेत आहान गरे।
सयुक्त प्रशिक्षण कार्यक्रममा युवा हरुले देश को आमूल परिवर्तन को निम्ति शसक्त भयर लागिरहने र परिआएको बेलाज्यान को बाजि लगाउन तयार रहेको आवाज उठाएका छन । युवा विद्यार्थी को सङ्घर्स ले पाटी नेर्तुत्व मा पुगेको र विद्यार्थी सङगठन बाटै पाटी मा थप क्रान्ति को बाटो सफल भएको बताइएको छ ।
कार्यक्रममा जिल्ला कार्यलय सदस्य लोक ब बोहरा जिल्ला कमिटी वाईसीएल केन्द्रिय सदस्य अछाम जिल्ला इन्चार्ज शिव बोगटी अखिल क्रान्तिकारी सदस्य गम्भीर साउद बैजन्ती कुवर, अखिल क्रान्तिकारी पुर्ब जिल्ला उपाध्यक्ष मीन बाब्ली मिलन लगायत सम्पुर्ण पाटी प्रतिनिधि को उपस्थिति रहेको थियो ।
बाइसियल जिल्ला सचिवालय सदस्य बम बहादुर साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन अखिल क्रान्तिकारी का जिल्ला सयोजक धुर्ब ब रावलले गर्नुभएको अनेरास्ववियु क्रान्तिकारी जिल्ला सचिवालय सदस्य चन्द्र भण्डारीले बताए ।