निराकरण सम्वाददाता अछाम:एफएमडिसिद्धारा सञ्चालित पारस्पारिक जवाफ देहिता परियोजना अन्तरगत समन्वयात्मक बैठक साफेबगरमा सम्पन्न भएको छ ।
गैरसरकारी सस्था महासंघका सहसचिब ढकेन्द्र कुवरको अध्यक्ष्तामा बसेको बैठकले ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
बैठकले बान्नीगढी जयगढ गाउँपालिका र साफेबगर नगरपालिकाको २०७६/०७७ मा कुन कुन क्षेत्रमा बजेट खर्च भयो र आगामी योजना कसरी तयारी गरिदै भन्ने बिषयमा अनुगमन गर्ने भएको छ।
अनुगमन समितिमा गैरसकारी सस्थामा ढकेन्द्र कुवर,मान बहादुर कुवर,दलित सेवा संघका राजेन्द्र बगरकोटी,परियोजनाका जिल्ला संयोजक गणेश तिरुवा लगायतका ७ सदस्य रहेका छन् ।