काठमाडौं: नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिमा पनि संक्रमण पुस्टि भएको छ ।
टेकु अस्पतालका अनुसार फागुन २३ गते खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुस्टि भएको हो ।
चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । ती पुरुषमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने बताइएको छ ।