Advertisement
SKIP THIS
अछाममा भिर बाट लडेर ७ बर्षिया बालिकाको मृत्यु

अछाम : अछाममा भिर बाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको चन्डाली निवासी ७ बर्षिय बालिका आयुशा ठकुल्लाको भिर बाट लडेर ज्यान गएको हो ।

स्थानिय जनक ठकुल्लाको छोरी आयुशाको बिहान घर बाट विध्यालय जाँदै गर्दा भिरबाटो भन्ने ठाउँ बाट करिब १ सय ५० मिटर तल खसेर गम्भीर घाईते बालिका लाई उपचारका लागि बयलगडा अस्पताल लिने तयारी गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिए।

विध्यालय जाने क्रममा भिरमा काटेको सडकको छेउ बाट हिन्दै गर्दा खुट्टा चिप्लिएर भिर बाट लडेको प्रत्यक्षदर्सिले बताएका छन् ।

मृतक बालिका ऐश्वर्य माध्यामिक विध्यालय दर्नामा कक्षा २ मा अध्ययनरत थिईन । उनको आजै दाहस्कार गरिएको आफन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया