Advertisement
SKIP THIS
सूचनाको हकको लागि जागरण क्याराभान अभियान र बान्नीगढी जयगढ गाउँपालिका बिच छलफल

निराकरण सम्वाददाता अछाम:सूचनाको हकको लागि जागरण क्याराभान अभियान र बान्नीगढी जयगढ गाउँपालिका बिच शनिबार छलफल भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकालाई देशकै पहिलो सूचना मैत्री पालिका बनाउने विषयमा छलफल भएको थियो । बान्नीगढी जयगढ गाउँपालिकाले देशकै पहिलो सूचना मैत्री पालिका घोषणा गर्न महत्त्वपूर्ण काम गरेकाले पालीकालाई सकिने देशकै पहिलो सूचना मैत्री पालिका घोषणा गर्न सकिने सूचनाको लागि लागि राष्ट्रिय सञ्जालका केन्द्रिय संयोजक उमिद वागचन्दले भनाई रहेको छ ।

छलफल कार्यक्रमा वोल्दै पालिका अध्यक्ष खड्काले सूचना मैत्री पालिका घोषणा गर्नको लागि गाउँपालीका सधैव तयार रहेको बताउनु भयो । उनले गैरसरकारी संस्थाको प्राविधिक सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

यस्तै गाउँ पालिका अध्यक्ष खड्काले बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न वडा हरुमा सुचना प्रवधि केन्द्र स्थापना, मोबाइल एप्स, सुसासन सम्वन्धि वेबसाइटको बिकास गरेको  जानकारी गराएका थिए। गाउँपालिका सुचना दिन सदैव तयार रहेको तर केही गलत नियति राख्ने हरु विभिन्न यो र त्यो वाहनामा नकारात्मक प्रसार गर्न लागिपरेको बताए ।

छलफल कार्यक्रममा सूचनाको लागि लागि राष्ट्रिय सञ्जाल अछाम उप संयोजक तारामान खड्का ,एफएमडिसी उपाध्यक्ष निर्मला वागचन्द, पारस्पारिक जवाफदेहिता परियोजनाका कैलाली जिल्ला अधिकृत निराजन परियार, अछाम जिल्ला अधिकृत गणेश तिरुवा, सूचनाको लागि लागि राष्ट्रिय सुदुरपश्चिम सदस्य मनिष बिक लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया