निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालीकाको ५ अौं गाउँ सभा शनिबार सुरु भएको छ।
बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको सभाले बान्नीगढी जयगढ गाउँपालीकाको बैकल्पिक उर्जा कार्यविधि २०७७ स्वीकृत गरेको छ ।
यस्तै सभाले अध्यक्ष युवा स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७,बान्नीगढी जयगढ गाउँपालीकाको कार्यसञ्चालन निर्देशिका स्वीकृत गरेको छ।
गाउँपालीकाले आर्थिक ऐन २०७७ को पहिलो संसोधन,आर्थिक बर्ष २०७६/७७ को रकमान्तर अनुमोदनका साथै रकमान्तर गरेको छ।
बजेट स्वीकृत , वडा नं ३ वरदादेवि र वडा ६ दर्ना सभाले गरेका वडा बिभाजनलाई स्वीकृत, प्रधानमन्त्री रोजगार सम्बन्धि योजनाहरु अनुमोदनका साथै आर्थिक बर्ष २०७५/७६ को बेरुजु फछ्र्यौटको लागि महालेखामा पेस गर्ने निर्णय गरेको छ