तपेन्द्र धामि अछाम:पन्चदेवल विनायक नगरपालिकाले स्वर्गीय वडाध्यक्ष पदमबहादुर धामीको सालिकको आज सिलान्यास गरिएको छ ।
पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का स्वर्गीय वडाध्यक्ष पदमबहादुर धामीको २०७६ माघ २० गते राती विभत्स गरिएको थियो ।
२०७४ सालको स्थानयि निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका स्वर्गीय धामीको गत वर्ष हत्या गरिएको हुँदा पन्चदेवल विनायक नगरपालिकाको नगर कार्यपालिकाको २०७७ माघ २३ गतेको बैठकले स्वर्गीय धामीको सालिक निर्माण गर्ने लगायतका निर्णय गरेको थियो ।
स्वर्गीय वडाध्यक्ष धामीको सम्झनामा बिहिवार पन्चदेवल विनायक नगरपालिका स्थित पन्चदेवलको सामुन्ने मध्यपहाडी सडक तोली जाने सडक चौराहामा सालिकको नगरप्रमुख देवराज देवकोटाले सिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख देवकोटाले २० वर्ष पछि नेपालमा भएको स्थानिय निर्वाचनमा पन्चदेवल विनायक नगरपालिका वडा नं. २ मा जनताको मत जितेर वडाध्यक्ष बनेका धामीको सम्झनामा सालिकको निर्माण गरिन लागिएको बताए ।
साथै उहाँले सालिकको लागि आ.व.२०७७÷०७८ मा ५ लाख रकम विनियोजन गरको र आगामी वर्षमा पनि क्रमागत योजनामा राखेर निरनतर अगाडी बढाईने बताए ।
सिलान्यास कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडा नं.२ का कार्यवाहक वडाध्यक्ष पदमबहादुर शाही,वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मिकान्त देवकोटा, नगरसभा सदस्य दिपकबहादुर विष्ट,नेपाली काँग्रेस क्षेत्र नम्बर २ अछामका सचिब टँकबहादुर धामी,नेकपा एमालेका पन्चदेवल विनायक २ नम्बर वडा कमिटीका कृपा बहादुर धामी सालिक निर्माण उपभोक्ता समितीका अध्यक्ष मानबहादुर धामी सचिब पहलसिँह धामी (गौरव) ,समितीका सदस्यहरु लगायतको सहभागीता रहेकोथियो । स्वर्गीय वडाध्यक्ष धामीका श्रीमती २ छोरा र १ छोरी छन् ।