निराकरण सम्वाददाता अछाम: मालिका विकास संघ नेपाल द्वारा सञ्चालित सुशासन परियोजना अन्तरगत सुशासन डाटा पोर्टल प्रविधि आैजारको दिगो प्रयोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिहीबार बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ।
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्मपन्न भएको कार्यक्रम वडा न १ देखि ६ सम्मका वडाध्यक्ष, निमित्त प्रशासकिय अधिकृत रामचन्द्र जोशि,राजनीति दलका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बोल्दै गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफुहरू निर्वाचित भएर आउदा के गर्ने कस्तो गर्ने अलमलको बिषय रहेको हुदा मालिका विकास संघको सुसासन परियोजनाले जनप्रतिनिधि हरुलाई कम्पुटर तालिम ,क्षमता विकास देखि अन्य कुरामा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । परियोजना सकिए पनि परियोजनाले थालेका कार्यहरुलाई गाउँपालीकाले निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे।
प्रविधिको प्रयोग मार्फत सुसाशन कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याएको, गाउँपालीकाले अङ्गिकार गरेको समृद्ध गाउँपालिकामा समेत टेवा पुर्याएको बताए । दातृ निकाय कार्यक्रम बाट पछि हटेपनि गाउँपालीकाले परियोजनालाई सहयोग गर्ने हुदा कार्यक्रमको निरन्तरता दिन गाउँपालीका अध्यक्ष खड्का आग्रह गरे।
सुशासन डाटा पोर्टल प्रविधि आैजारहरु मार्फत गाउँपालीकाले गरेका गतिविधि,गुनासा,नागरिक हरुका गुनासा हरुको प्रविधि मार्फत सुनुवाइ कार्य भईरहेको छ।
प्रबिधि प्रयोगमा गाउँपालिकाले महत्त्वपूर्ण कार्य गरेको
अबको दिनका मोबाइल एप्लिकेसन मार्फत ई सिफारिस सञ्चालन गर्ने कार्य अगाडि बढिरहेको , घर बाटै गाउँपालीकाले प्रदान गर्ने सेवा लिन सकिने प्रविधिको बिकास भईरहेको परियोजना प्रमुख रतन रावलले बताए ।
सुशासन कायम गर्न गाउँपालीकाले गाउँपालिका स्तरमा सूचना प्रविधि केन्द्रको तथा वडा स्तरमा समुदायिक सूचना प्राविधि केन्द्र (कालिका र दर्ना ) मा स्थापना गरि अभिलेख अद्यावधिक गरिरहेको,गाउँपालिकाको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सुचारु रुपमा सञ्चालनमा निरन्तर संचालन गरिहेको, पुर्वाधार व्यवस्थापन प्रणाली, ई – सिफारिस, कृषि कार्यक्रम व्यवस्थापन प्रणाली, न्याय समिति व्यवस्थापन प्रणाली निर्माण गरि सुचारु गरिरहेको छ । यस्तै पालिकाले गाउँपालिकाको आवश्यक विवरण, आन्तरिक कार्यहरु ,सेवाग्राहीहरुको विवरण प्राप्त गर्ने सेवा कम्पुटरका माघ्यमबाट अद्यावधिक लगायतका विभिन्न क्रियाकलाप सञ्चालन , बिभिन्न बिधुतिय माध्यम बाट ,गुनासो व्यवस्थापन प्रणाली संचालन लगायत अन्य कार्यहरु गरिरहेको गाउँपालीका आईटी अफिसर रिन्कु कुमारले बताए ।