Advertisement
SKIP THIS
कोरोना कलह पछि पहिलो मेला ,देउडामा झुमे महिला

कोरोना कलह पछि पहिलो मेला ,देउडामा झुमे महिला

एकेन्द्र खत्रि अछाम :पहिलो पटक शिवरात्रिमा वैद्यनाथ धाममा सुदूरपश्चिमका विभिन्न जिल्लाका महिला तथा पुरुषको भेट भयो ।

अछाम:कोरोना भाइरसको कहरपछि पहिलो पटक शिवरात्रिमा वैद्यनाथ धाममा सुदूरपश्चिमका विभिन्न जिल्लाका महिला तथा पुरुषको भेट भयो ।

त्यही अवसरमा उनीहरूले दिनभरि देउडा खेले । कोरोना कहरपछि यसरी सामूहिक रूपमा देउडा देख्न पाउँदा बिशेषगरि महिलाहरू खुसी छन् । एक वर्षपछि बल्ल रमाइलो गर्ने दिन आएका र सामूहिक जमघट गर्ने दिन आएको भन्दै साँफेबगर अछामकी बसन्ती ठकुल्लाले देउडा खेलेरै विगत १ वर्षसम्मका खुसी बाँडिन् ।

“कोरोनाको कहर गयो, नेपाल भरी, अब कसैको ज्यान जाने छैन खुसी छु, मन भरी” । देउडाकै लयमा भन्नुभयो, “गत चैत्र देखी सामुहकि भेटघाट भएको थिएन, गाउँ सबै सुनसान थिए,अहिले कोरोनाको कहर पनि कम भयो, शिवरात्रिको अवसरमा परम्परागत रहन सहन बिर्सन सकिदैन्, हामी सबै दिदी बहिनी देउडा खेल खेलेरै खुसी बाँड्छौँ” ।

यसरी नै अछाम लगायत सुदूरका महिला मेला पर्व र जात्रामा पुरानो शैलीमा देउडा खेल्छन् । यती मात्रै होइन गाउँठाउमा हुने सभा सम्मेलन, विकास निर्माण तथा अन्य सुभकार्यमा देउडा खेल्ने गरिन्छ । देउडा खेल्दा र सुन्दा पनि मन हलुका हुने यो परम्परा लोकप्रिय बन्दै गएको बान्निगढी अछामकी अप्सरा कुँवरले बताएईन । देउडा खेल विनाको मेला पर्व र सभा सम्मेलन खासै राम्रो र सहार्दपुुर्ण नहुने भएकाले आफूहरू देउडा खेल्ने गरेको स्थानीय बताउँछन् ।

देउडा, न्याउले, हुड्क्याउली अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, दैलेख, लगायतका जिल्लाहरूमा आ आफ्नै भाषा र परम्परागत रूपमा गाइन्छन् । एकान्तमा गाइने ठाडी भाका बाहेक सबै देउडाको प्रकारहरूमा गाइन्छन् । अछाम लगायत सुदूरमा गाइने देउडा गीतमा प्राय पुराना कथा बस्तु र घटनाक्रमलाई समेट्ने गरिएको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया