Advertisement
SKIP THIS
अछामका प्रमुख जिल्ला अधिकारी मल्लले क्षमायाचन मागे

अछामका प्रमुख जिल्ला अधिकारी मल्लले क्षमायाचन मागे

निराकरण सम्वाददाता अछाम:अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले क्षमायाचन मागेका छन। उनले सामाजिक सञ्जाल मार्फत कसैको भावना ठेस पुग्ने गरी नलेखेको प्रवाधिक कारणले गलत लेखिएको बुझिदिन आग्रह गरेका छन। यधपी प्रजिअ मल्लले आफुले पोष्ट हटाईसकेको र क्षमायाचन गरिसकेको बताए ।           

धादिङको सहायक प्रमुख जिल्ला रहेका मल्ल हाल मात्रै अछामको प्रमुख जिल्ला अधिकारी बनेर आएका थिए।

मल्लले सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर अछामको नाम बिगारेर अछामलाई आसाम र अच्छाम लेखेको भन्दै उनको चौतर्फी बिरोध भईरहेको छ।

मल्लले प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बसेर आज बाट अच्छाममा कार्यबार समालियो भनेर पहिलो पोष्ट लेखेका थिए।

यस्तै उनले अर्को पोष्टमा जिल्लाको पञ्चदेवल, मध्यपहाडी राजमार्ग अन्तरगत कर्णाली पुल लगायतका ठाउँका फोटो राख्दै (Interaction & monitoring in Assam) अनुगमन र अन्तरक्रिया कार्यक्रम आसाम भनेर लेखेका थिए ।

तपाईको प्रतिक्रिया