बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ
निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालिकामा वडा नं ५ कालिकामा व्यक्तिगत घटना दर्ता अनलाइन शुभारम्भ गरिएको छ।
आईतवार एक कार्यक्रमका बिच बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख अाथित्यमा कार्यक्रम सुरु गरिएको हो। अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गर्दा भबिष्यमा दोहरो कागजातमा हुने समस्या अन्त, कागजात हराउदा, नष्ट हुदा सहजै उपलब्ध हुन सक्ने , काम गर्दा छिटो छरितो हुने गाउँपालिका अध्यक्ष खड्का बताए ।
व्यक्तिगत घटना अनलाइन मार्फत गर्दा गाउँपालिकाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्यमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता भबिष्यमा आउन सक्ने समस्या समाधान गर्न गाउँपालिका तयार रहेको उनलेे बताए ।
कार्यक्रम मार्फत पहिलो घटना दर्ता अनमोल रावल जन्म दर्ताको प्रमाणपत्र उनका वुवा ऐकेन्द्र रावललाई गाउँपालिका अध्यक्ष खड्का र वडा अध्यक्ष कामीले सयुक्त रुपमा प्रदान गरिएको थियोे ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ का अध्यक्ष लाल बहादुर कामिको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो।बान्नीगढी जयगढ गाउँपालिका अन्य वडाहरुमा समेत व्यक्तिगत घटना दर्ता प्रणाली सुरु गरिने गाउँपालिकाका एम आई एस अपरेटर बल बहादुर साउद जानकारी दिए ।