Advertisement
SKIP THIS
समुदायमा अधारित बाल सरक्षण प्रणालि सम्बन्धी ३ दिने तालिम साँफेबगरमा

समुदायमा अधारित बाल सरक्षण प्रणालि सम्बन्धी ३ दिने तालिम साँफेबगरमा

अछाम : घटना ब्यबस्थापन तथा सिफारिस सयन्त्र र समुदायमा अधारित बाल सरक्षण प्रणालि सम्बन्धी ३ दिने तालिम साँफेबगरमा सुरु भएको छ । आस्था नेपालको आयोजना, वल्ड भिजन नेपाल, नेपाली जुटा बालविवाह रोकौको साझेदारि र साँफेबगर नगरपालिका र मेल्लेख गाउपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

मेल्लेख र साफेबगरका पालिका स्तरिय बाल अधिकार समितिका पदाधिकारीका लागि तालिमको आयोजना गरिएको हो । म, मेरो, वा समुदायका बालबालिका माथि भएका भैइरहेका हिसा, शोषण दुव्यहार र बेवास्था सम्बधि बाल अधिकार र बाल सरक्षण बिपरितको कार्य समाधनमा सकृय रुपमा लाग्ने प्रतिबध्दता जनाउद छु मा हस्ताक्षर गरि नगर प्रमुख कुल बहादुर कुवरले उद्घाटनगरे ।

प्रमुख अतिथि कुवरले बाल अधिकार सम्बधि ब्यवस्था सयुक्त रास्ट सघको महासन्धी र नेपालको सम्बिधानमा ब्यवस्था गरे पनि बालबालिकाको अवस्था दयनिय रहेको बताए । घर झगडाले बालबालिका बढि जस्तो नराम्रो असर पर्ने भएकाले आफ्नो बालबालिकाको भबिष्य नबिगार्न अभिभावकहरुलाईउनको आग्रह थियो ।

कार्यक्रमका बिशिस्ट अतिथि मेल्लेख गाउपालिकाका उपाध्यक्ष धन बहादुर शाहिले बाल सरक्षण कोष स्थापना र कार्यबिधि बनाएर अगाडि बढ्ने बताए । उनले गाउपलिकाले अपागता भएका बालबालिकाको उपचार तर्फ केन्दृत हुदै सरक्षण गर्न तर्फ लागेको बताए ।

कार्यक्रमको उदेस्यको बारेमा आस्था नेपालका प्रबधक रुप बहादुर चन्दले जानकारि गराएका थिए । कार्यक्रम सचालन आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिह शार्किले गरेका थिए ।

३ दिने कार्यक्रमका प्रशिक्षक फ्युचर नेपालका सहजकर्ता नबराज थापा रहेका छन् । उनले बालबालीकाको क्षेत्रमा बनेका कानुन महासन्धी लगायत स्थानीय तहले गर्नेपर्ने कृयाकलापका बिषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया