Advertisement
SKIP THIS
जिल्ला स्तरीय लेखन प्रतियोगिताका विजेतालाई नगद पुरुस्कार

जिल्ला स्तरीय लेखन प्रतियोगिताका विजेतालाई नगद पुरुस्कार

कमल रावल अछाम:“समृद्ध राष्ट्र निर्माणको लागि युवाका विचारहरु” लेखन जिल्ला स्तरीय प्रतियोगिताका विजेतालाई वैद्यनाथधाममा भएको कार्यक्रमका बिच नगद पुरुस्कार सहीत प्रमाणपत्र वितरण गरिएको छ ।

जसमा प्रथम भएका साँफेबगर नगरपालिका ११ देबिस्थानका रेबन्त बिष्टलाई नगद १२ हजार सहीत प्रमाणपत्र, द्धितिय बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका पुजा शाहलाई नगद १० हजार सहीत प्रमाणपत्र, तृतिय साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटका बालचन्द्र थापालाई नगद ८ सहीत प्रमाणपत्र र सान्तवना स्थान ल्याएका साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका सानु कुवरलाई नगद ६ हजार सहीत प्रमाणपत्र प्रदान गरिएको नगर स्तरिय युवा संञ्जाल साँफेबगरका अध्यक्ष पुजा बुढाले जानकारी दिईन।

महाशिवरात्रिको पर्वको अवसरमा बैद्यनाथ धाम अछाममा एक बिशेषको कार्यक्रमको आयोजना बिजेता सबैलाई कार्यक्रमका प्रमुख अतिथी सदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदी र बिशिष्ट अतिथी साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, नेकपा एमाले साँफेबगर नगर ईञ्चार्ज शिब बहादुर कुवर सिलोज लगाएतका अतिथीले हस्तान्तरण गरे।

राष्ट्रिय युवा परिषद्को सहयोग तथा साँफेबगर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको पालिका स्तरीय युवा प्रतिभाहरूको खोजी तथा प्रोत्साहन अन्तर्गत अन्तिम छनोट कार्यक्रम हिजो जन कल्याण माध्यामिक विद्यालय साँफेबगरमा सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने युवाले आगामि असार २८ गते सुदुरपश्चिम प्रदेशमा हुने प्रतियोगितामा पनि भाग लिन पाउने छन ।

त्यसअघि प्रतिस्पर्धामा भाग लिनका फागुन २३ गतेदेखी २६ गतेसम्म १६ बर्ष देखी २४ बर्ष उमेर समुहका युवाले भाग लिन पाउने गरि सुचना जारी गरिएको थियो

 

तपाईको प्रतिक्रिया