कैलालीमा एमालेका दुई समूहबीच झडप
धनगढी: कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ।
बुधबार एमालेकाे सुदूरपश्चिम प्रदेश कार्यालयमा प्रदेश इन्चार्जको नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई पक्षबीच सामान्य झडप भएको हो।
पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए।
उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन्। नेमप्लेट हटाएपछि झडप भएको हो ।
विवादपछि एमालेको सुदूरपश्चिम प्रदेश कार्यालय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।