Advertisement
SKIP THIS
प्रचण्डले ब्यूँताउदै माओवादी केन्द्र

पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने भएका छन।

नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरिएको हो।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेषठले बताए।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो। सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड(माधव समूहले स्थायी कमिटी बैठक बोलाएको हो।

तपाईको प्रतिक्रिया