Advertisement
SKIP THIS
सबै महिला शसक्त भए महिला हिंसा न्युनिकरण हुन्छ , उपाध्यक्ष साउद

निराकरण सम्वाददाता अछाम: बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले नारी दिवसमा गरिएको कार्यक्रम महिलाका कुरा राख्ने मञ्च भएको बताए छन ।

१११ औं नारी दिवसको अवसरमा बान्निगढी जयगढ गाउँपालिकामा महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा र अन्तरपाटी महिला सञ्जाल अछामको आयोजना गरेको देउडा प्रतियोगिता कार्यक्रममा प्रमुख अथितीको आसन बाट बोल्दै उनले सो कुरा बताए ।

अब सबै महिला दिदी बहिनी शसक्त हुन आवश्यक रहेको हुदाँ महिला हिंसा न्युनिकरण गर्न महिला ईमान्दारका साथ सक्रिय भएर लाग्नु पर्ने उपाध्यक्ष साउदले जोड दिए ।

संविधानको संरक्षक महिला राष्ट्रपति भएको हुदा अन्य महिलाले समेत आफ्नो विकास गर्दै जादा महत्त्वपूर्ण पदमा पुग्न सक्ने बताए ।

महिला हिंसा न्युनिकरण गर्न महिला ईमान्दारका साथ सक्रिय भएर लाग्नु पर्ने उपाध्यक्ष साउदले जोड दिए। संविधानको संरक्षक महिला राष्ट्रपति भएको हुदा अन्य महिलाले समेत आफ्नो विकास गर्दै जादा महत्त्वपूर्ण पदमा पुग्न सक्ने बताए ।

महिला माथी हुने हिंसा हुनमा महिलाको समेत दोष भएको हुदाँ अव महिला हिंसा न्युनिकरण गर्न महिला हरु समेत सच्चीएर अगाडि बढे महिला हिंसा नहुने बताए ।

जुन देशमा महिला सक्षम हुन्छन त्यो देश मात्र बिकसित देश हुने, देश बनाउने समेत महिलाको हातमा रहेको बताए ।

तपाईको प्रतिक्रिया