Advertisement
SKIP THIS
बालेन सँग अछाम आएका पत्रकार सिटौला लडेर बेहोस, सेनाले पठायो काठमाडौं

अछाम: सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि काठमाडौं पठाइएको छ ।उनलाई लिएर नेपाली सेनाको जहाज भर्खरै काठमाडौं उडेको हो ।

बालेनको टिम अछामको मंगलसेन आउदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । यो स्थानमा अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको छ । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं लैजान सुझाएका थिए ।

अछामबाट सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत पुर्‍याईएको र सुर्खेतमा सेनाको जहाजबाट काठमाडौं ल्याइएको हो ।

तपाईको प्रतिक्रिया