अछाम:अछाम वालेन शाह आउदाँ भिडभाडबाट ५ जनाको गलाबाट सुनको सिक्री लुटिएको छ।
बिहिवार दिउँसो करिब ७ तोला बराबरको सुनको सिक्रि लुटिएको बुझिएको छ। लुटपाटमा संलग्न १ जना पर्साको नागरिक रहेको उसको साथबाट एक सिक्रि समेत बरामद गरिएको अछाम प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा लुटपाट गर्न गिरोहनै रहेको उसले साहको टोलिलाई पन्छ्याउदै आएको र जहा भिड भयो त्यहा लुटपाट गर्ने गरेको छ।गिरोहले मंगलबार समेत महेन्द्रनगरमा सुनको सिक्रि लुटपाट गरेको अछाम प्रहरीले जनाएको छ।









