धनगढी:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा उम्मेदवार भरत कुमार स्वारले रंग फेर्नेहरु अछाम १ मा आफुसँग प्रतिस्पर्धा गरिरहेका बताए छन् ।मंगलबार नेपाली कांग्रेस अछाम कैलाली सम्पर्क समिति द्वारा धनगढीमा आयोजित भेटघाट कार्यक्रम बोल्दै उनले रंग फेर्नेहरुलाई अछामी जनताले चिन्नु पर्ने बताएका छन।
अछाम १ मा बिगतमा आफू सँग प्रतिस्पर्धा गर्नेहरु यसपटक पनि प्रतिस्पर्धा गरिरहेका तर अहिले दल फेर्दै आएकाहरु भएकाले यश पटक अछाम १ का सचेत मतदाताले ध्यान दिनुपर्ने बताए ।अछाम १ बाट निर्वाचन लड्ने जितेपछि र हारेपछि पनि अछाममा देखा नपर्नेहरुले कदापि अछामि जनताको भावना नबुझेका बताए ।
आफु बर्षमा ३६५ दिनमा ३५० दिन अछाममै बस्ने गरेको अछाममै जन्मेर हुर्केर अछाममै जिवनकै उतरार्धमा बसिरहेको बताए । अछाम जिल्ला प्यारो लाग्ने भएकाले अछाम छोड्न नसकेको धनगढी र काठमाडौ गएपनि बस्नै नसक्ने बताए । अबको निर्वाचन आफ्नो अन्तिम लडाइँ भएकोले यश निर्वाचन पछि विश्राम लिने, तरुण र युवा पुस्ताहरुको अभिभावक भएर बस्ने यस निर्वाचनमा मतदान गर्नका लागि अछाम आईदिन आग्रह गरे ।
अछाम १ मा एमाले हुदै, मातृभूमि जागरण अभियान चलाएका भिम रावल नेपाली कम्युनिस्ट पार्टी र माओवादीमा लामो समय सम्म काम गरेका दिपक साउद प्रगतिशील लोकतान्त्रिक पार्टी हुदै नेकपा एमालेबाट चुनावी प्रतिस्पर्धामा रहेका छन।









