अछाम: फिफा र अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग अछामका बिधालय फुटबल सामाग्री बितरण गरिएको छ। फिफाको “फिफा फर स्कुल” कार्यक्रम अन्तर्गत अछामका ८ ओटा बिधालयमा फुटबल सहयोग गरिएको हो।
फिफा र एन्फाको सहयोगमा शान्ति माध्यमिक बिधालय चौरपाटी गाउँपालिका ७ मार्कु,बैजनाथ माध्यमिक बिधालय पायल,युनिक लाईफ एकेडेमी मार्कु, बर्चहिल एकेडेमी,साँफेहाटबजार,किन्नरगार्डेन एकेडेमी साँफे, सुर्य चन्द्र माध्यमिक बिधालकाय लीमाटी माध्यमिक बिधालय कालिमाटी र जनकल्याण माध्यमिक बिधालय साँफेबगरमा फुटबल सामाग्री बितरण गरिएको पहल कर्ता एवम् एन्फा ग्रास रुट प्रशिक्षक अछाम धिरज बोगटीले बताए ।
बिधालय स्तरबाट फुटबलको बिकास गर्दै बिधार्थीलाई खेल र शिक्षालाई एक आपसमा जोड्ने उदेश्यले फुटबल बितरण गरिएको बोगटीले बताए ।अछाम जस्तो दुर्गम क्षेत्रमा फुटबल बिकासका लागि सहयोग गरेकोमा एन्फा केन्द्रीय सदस्य अनिल मल्ल र सहज कर्ता ध्वज खाती मसुरिया एकेडेमी लाई बोगटीले धन्यवाद दिए।सुदूरपश्चिमका ९ जिल्ला मध्ये कैलाली कञ्चनपुरमात्रै एन्फाको सघं रहेको र अन्य ७ जिल्ला मातहत जिल्लाको रुपमा रहेका छन् ।









