अछाम:नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काले अछामका कांग्रेस एकजुट भएको बताएका छन् ।बिहिवार नेपाली कांग्रेस अछाम क्षेत्र नं १ क्षेत्रिय कार्यसमितिको आयोजनामा निर्वाचन परिचालन समिति भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै महामन्त्री खड्काले अहिले अछाम क्षेत्र नं १ मा भरत कुमार स्वार उत्कृष्ट उम्मेदवार भएको बताए ।आफु सदैव नेपाली कांग्रेसको रख र चार तारे झण्डा भन्दा बाहिर बस्न नसक्ने नेपाली कांग्रेस एकता बद्द हुनुपर्ने पक्षमा रहेको बताए ।
अछाम १ मा कांग्रेसले एक सामान्य कार्यकर्तालाई टिकट दिएपनि आफ्नो सम्पूर्ण सहयोग रहने बताए ।अहिले संविधान र लोकतन्त्र जोगाउन कांग्रेसले मात्रै सक्ने यसका लागि फाल्गुन २१ गतेको निर्वाचनबाट कांग्रेसले बहुमत ल्याउने दाबि गरे।
अछामको बिकासका लागि नेपाली कांग्रेसको आवश्यकता भएको अछामि जनताले महसुस गरेका बिगतमा अछामबाट जितेर गएकाहरुले अछामलाई बिर्सेको,सेती राजमार्ग ,बुुढीगंगा हाईड्रोपावर अहिलेसम्म अलपत्र परेका बताए ।
भरत कुमार स्वार जिल्ला बिकास सभापति हुदाँ अछाममा बिधालय खोलेर अछामको शिक्षा क्षेत्रमा ठुलो योग्दान पुर्याएकाले अबको निर्वाचनबाट उनलाई बिजयी गराउन आग्रह गरे।आफू सामाजिक बिकास मन्त्री भएकै कारण बयालपाटा अस्पताल प्रदेश मातहत आएको यदि आफु नभएको भए अस्पताल बयालपाटाबाट हटेर जाने अवस्था रहेको बताए ।राज्यले नै बिषेशज्ञ सेवालाई कुनै पनि अस्पतालमा नि शुल्क गर्ने प्रवाधान नराखेको तर अहिले केहिले बयालपाटा अस्पतालले पैसा लियो भन्दै नकारात्मक प्रचार गरिरहेका तर राज्यले आधारभुत सेवालाई मात्रै नि शुल्क गरेको बताए ।









