अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रशाद जोशी माथी कार्यालयमा हातपात सहित अभद्र ब्यवहार भएको भन्दै पालिकाका कर्मचारीहरुले सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका सेवा सूचारु भएको छ।
मंगलबार बिहान बसेको कार्यपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको संयुक्त बैठक र हातपात गर्ने निर्माण ब्यावसायीले आगामी दिनहरुमा यस्ता खालका गतिविधि नगर्ने भनि क्षमायाचना गरेको र जयगढ प्रहरी चौकीमा गई मिलापत्र भएको अबरुद्ध गरेका सम्पूर्ण सेवा सूचारु भएको गाउँपालिका अध्यक्ष टेक बहादुर साउदले जारी गरेको सूचनामा उल्लेख छ।
हिजो सोमबार मिसन कन्स्ट्रकसनको असूल उपर बेरुजू सम्बन्धी विषयमा जानकारी भईरहेको बेला वडा नं. ६ दर्ना निवासी निर्माण व्यवसायी हर्क बहादुर साउँदले कार्यकक्षमा प्रवेश गरी हातपात सहित धाक धम्की, गाली गलौज र अभद्र व्यवहार गरेको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेका थिए ।










