अछाम:स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचीव डाक्टर हेमराज रेग्मिले बताएका छन् ।
जिल्ला अस्पताल अछामद्वारा गरिएको स्वागत कार्यक्रममा बोल्दै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेशको मुख्य उदेश्य रहेकोले मन्त्रालयबाट प्रदान गर्ने सेवामा कुनै पनि कमि नहुने बताउनुभयो । स्वास्थ्य सेवा प्रवाहमा सुदुरपश्चिम प्रदेशकै प्रथम भएकोमा सचिव रेग्मीले धन्यवाद समेत दिएका
१५ बेडको अस्पताललाई अहिले ५० बेडको रूपमा बिस्तार गरिएको निमित्त मेसु डाक्टर कमलेश प्रसाद यादवले जानकारी गराएका थिए ।
कार्यक्रमको संचालनल सुशीला ढुंगानाले गर्नु भएको थियो । प्रदेश सचिव रेग्मी र प्रादेशिक अस्पताल बयालपाटाका निर्देशक मन्दिप पाठकले जिल्ला अस्पतालको अनुगमन समेत गरेका थिए ।









