अछाम:रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा पुनः गोपि प्रसाद खनाल नियुक्त भएका छन् ।उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले शुक्रबार खनाललाई ४ बर्षका लागि रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको हो।यस्तै समितिको सदस्यमा मानसिंह रोकाया,मीनबहादुर शाह, उमेश बोहरा र धना साउदलाई नियुक्त गरेको छ।
रामारोशन क्षेत्र संरक्षण र प्रबर्द्धन गरि पर्यटक भित्र्याउने आफ्नो पहिलो लक्ष्य रहेको अध्यक्ष खनालले बताउनुभयो ।बिगतको कार्यकालमा समेत आफुले सके जति काम गरेको र यसपटक थप काम गर्ने अध्यक्ष खनालले बताउनुभयो।रामारोशन क्षेत्रको बिकासका लागि सबै सँग हातेमालो गर्दै अगाडि बढ्ने खनालले बताउनुभयो ।









