Advertisement
SKIP THIS
मुक्तिकोटमा खाद्य संकलन केन्द्र बनाउन भारतिय दुतावास सँग सम्झौता

निराकरण खबर अछाम:बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावास सँग सम्झौता भएको छ।

शुक्रबार एक समाराेहका बिच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भारतीय राजदुतावास र स्वामिकार्तिक खापर गाँउपालिका बिच सम्झौता भएको हो।

खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासले ५ करोड रुपैया दिने सम्झौता भएको अबको १५ महिना भित्र उप्त भवन बनाईसक्नु पर्ने स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।

२०७९ मा मुक्तीकोटमा खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासमा प्रस्ताव पेश गरिएकोमा भाद्र २८ गते भारतिय दुतावासले ५ करोडको लागतमा भवन बनाउनका लागि स्वीकृत दिएको थियोे ।

हाल सो क्षेत्रका लागि सरकारले ५०० क्विन्टल चामल कोटा निर्धारण गरेको चामल र नुन दुवानि हुदाँ कहिले बिधालय,कहिले निजि भवनमा राख्नुपर्ने त कहिले बाटैबाट बिक्रि गर्नेु पर्ने अवस्था रहेको अब भने भारतिय सरकारको सहयोग भवन बनेपछि सो अवस्था अन्त्य हुने गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

खाद्य गोदाम घर बनेको खण्डमा स्वामिकार्तिक खापर गाउँपालिका र कालिकोटको पलाता गाउँपालिकाका नागरिकहरुलाई राहत पुग्ने,स्थानीय किसानहरुले उत्पादित खाद्य सामाग्री समेत संकलन गर्ने उदेश्य राखिएको अध्यक्ष रोकायाले बताए ।

तपाईको प्रतिक्रिया