Advertisement
SKIP THIS
अछामको मेल्लेखका साउद मलेसियामा सुतिरहेको अवस्थामा मृत भेटिए

अछाम: अछामका घर भएका एक युवकको मलेसियामा निधन भएको छ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका–७ का भक्त साउँदको निधन भएको हो। ४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए।

उनी बिहान ओछ्यानमै मृत भेटिएको खबर प्राप्त भएको बेल्लेख गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष प्रेमबहादुर महरले बताए। उनी दसैंमा घर फर्कने योजनामा थिए। उनको मृत्युको खबर परिवारले आइतबार बिहान मात्रै पाएको छ।

विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्। मेलिसियाबाट लास ल्याउन यहाँबाट सबै कागजपत्र परराष्ट्र मन्त्रालयमा पठाएको वडाअध्यक्ष महरले बताए।

तपाईको प्रतिक्रिया