Advertisement
SKIP THIS
यौन सम्पर्क गर्न नमान्दा हत्या

टीकापुर:कैलालीको जोशीपुर गाउँपालिका वडा नं.–३ भितरियामा साता अघि एक महिलाको घाँटी रेटी गरिएको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी वेदप्रकाश जोशीले  दिएको जानकारी अनुसार असोज १७ गते अष्टमीको राति भितरियाकी ४० वर्षीया कृष्णा डगौराको हत्यामा संलग्न भएको आरोपमा जोशीपुरकै वडा नं.–६ सिमरीका २२ वर्षीय विशाल चौधरी पक्राउ परेका हुन् ।

प्रवक्ता जोशीका अनुसार विशाललाई घटनाको तीन दिन पछि असोज २० गते उनकै घरबाट पक्राउ गरिएको हो ।प्रहरीले विशालसँगको प्रारम्भिक सोधपुछ कै क्रममा कृष्णाको हत्यामा प्रयोग भएको हसिँया मृतककै घरबाट र रगतले लत्पतिएको उनले प्रयोग गरेको शर्ट, पैन्ट, जुत्ता बञ्जरियाको धान खेत र जङ्गलबाट बरामद गरेको छ ।

विशालले प्रहरीलाई कृष्णाको हत्या गरेको स्वीकार्दै यौन सम्बन्धका लागि राखेको प्रस्ताव अस्वीकार गरेपछि आवेगमा आएर हत्या गरिएको बताएका छन् ।डीएसपी जोशीका अनुसार सोमबार कैलाली जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप भएकाले अन्य अनुसन्धान अगाडि बढाइने जानकारी दिएका छन् ।

घटनाका दिन कृष्णा शारीरिक रूपमा अशक्त श्रीमानका साथमा थिइन् मृतकका छोरा कामका लागि भारत गएका र बुहारी माइत गएकी थिइन् ।कृष्णाको हत्यापछि विशालले बाहिरबाट ढोकामा डोरीले बाँधेर गएका थिए ।प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया