निराकरण सम्वाददाता अछाम:जिल्ला प्रशासन अछामले बार अनुसार सेवा प्रदान कोटा हटाएको छ।
कोरोना भाईरस संक्रमण दर उच्च भएको बखत सेवा प्रवाहका क्रममा हुनसक्ने जोखिम न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यलय अछामले असोज ६ गते देखि स्थानीय तह अनुसार बार अनुसार सेवा प्रवाह गरिरहेको थियो ।
हाल जिल्लामा कोरोना संक्रमणमा कमि आएको सेवा ग्राहिले समेत बार अनुसार सेवा बन्न हुनुपर्ने माग गरिरहेकाले बार अनुसारको प्रदान गरिरहेको सेवा अन्त गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रन्जन तिमिल्सैनाले जानकारी दिए।
तिमिल्सैनाका अनुसार जिल्ला प्रशासन कार्यलयमा सेवा लिन आउने सेवा ग्राहिले स्वस्थ्य तथा सुरक्षाका मापदण्ड यथावत अपनाएेर सेवा लिन सेवा ग्राहीमा अनुरोध गरे।