Advertisement
SKIP THIS
भुकम्प प्रतिरोधि घर निर्माणमा सक्रिय अछामका महिला

अछाम:हाम्रो ठाउँमा महिलाहरूलाई सामान्य घरको कामको मात्रै जिम्मेवारी दिइन्छ । महिलाहरू कमजोर हुन्छन पुरूषको जस्तै काम गर्न सक्दैनन् भनेर हरेक अवसर बाट बञ्चित गराईन्छ ।

महिलाहरूलाई घरमा होस या बाहिरको काम जहाँ भएपनि उनीहरूले गर्ने काममा प्रश्न चिन्ह उठाउने गरिन्छ । तर मंगलसेन नगरपालिका वडा न ५ का महिलाहरू भने पुरूषका सामु चूनौती दिन थालेका छन ।

घर निर्माण देखि लिएर प्लास्टर सम्मको काम उहाहरू आफै गर्नुहुन्छ,भने पछिल्लो समयमा त भुकम्प प्रतिरोधात्मक घर बनाउन सक्ने क्षमता राख्ने गरेका छन ।

पहिला घर बनाउने लेबरी कामबाट काम सुरू गरेका मंगलसैन ५ का बसन्ति बिक,मनसरा ढुंगाना र रत्ना ढुंगाना अहिले भुकम्प प्रतिरोधात्मक घर बनाउने आँट समेत गर्नुहुन्छ ।

बसन्ती बिक भने घरको सेटिङ, वाल तथा प्लास्टर गर्ने काममा समेत दक्ष हुनुभएको छ । मंगलसेनमा संञ्चालन भईरहेको भुकम्प प्रतिरोधात्मक घर बनाउने तालिममा सहभागी महिलाहरू घरका लागि चाहिने आवश्यक सरिया काट्ने, सटिङ गर्ने,सरिया बान्ने,हात्ती पाईले पिल्लर हाल्ने, मापदण्ड अनुसारको गा¥हो बनाउने,घर चिन्ने काममा समेत सकृय छन ।

अहिले उहाँहरू घर बनाउदा भुकम्प प्रतिरोधी घर बनाउनुपर्नेमा समेत जोड दिने गरेका छन । गाउँमा बनाउने कच्चिघर पनि भुकम्प प्रतिरोधात्मक घर बनाउन सकिने उनको भनाइ छ ।

नेपाल सेफर स्कुल प्रोजेक्ट अन्तर्गत आयोजना गरिएको तालिममा मंगलसेनका पुरूष र महिला गरि २० जनाको सहभागीता रहेको छ ।
तालिममा सहभागी पुरूषहरू पनि महिलाहरूले आफ्नो जस्तै काम गर्ने गरेको बताउने गरेका छन । आफुले नसोचेको कामपनि महिलाहरूले गरेको देख्दा आफैलाई अचम्म लागेको मंगलसेन ५ का राम बहादुर लुहारले बताए ।

आफु पहिले देखिको घर बनाउने मिस्त्रि भएपनि आफुलाई भुकम्प प्रतिरोधात्मक घर कसरी बनाउने भन्ने जानकारी नभएको उनले बताए । यो तालिमले भुकम्प प्रतिरोधात्मक घर बनाउने सिप सिकिएको तालिममा सहभागी पुरूषहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया