धनगढीः कञ्चनपुरमा छात्रामाथि यौ’न दु’र्व्यवहार गरेको आरो’पमा पक्रा’उ परेका शिक्षकको रिहाईको माग गर्दै सोही विद्यालयका शिक्षक आन्दो’लित भएका छन्।
जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौ’न दुर्व्य’वहार गरेको आ’रोपमा फागुन ७ गते प’क्राउ गरिएको थियो।
तर ती शिक्षकलाई सुनियोजित ढंगबाट फसाएर कानुन विपरित पक्रा’उ गरिएको भन्दै विद्यालय परिवारले वि’रोध जनाएको छ।
यस्तै आज(मंगलबार) पनि शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर पेन डाउन गरि आरोपित शिक्षकको रिहाईको माग गरेका छन्। शिक्षक ढुंगानाको रिहाईका लागि सरोकारवाला तथा शिक्षकका पेशागत ट्रेडहरुमा आग्रह गरिसकेको र आगामी विरोध कार्यक्रम समेत गरिने महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशसिंह भण्डारीले बताए।
आरोपित शिक्षक मधुविलास ढुङ्गानालाई विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया यौ’न दु’र्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको थियो।
प्रहरीले ढुङ्गानालाई अनुसन्धानका लागि हिरासतमा राखेको छ।