अछाम : जिल्लामा मुख स्वास्थ्य एवंम दन्त शिबिर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाका विभिन्न ठाँउमा निशुल्क दन्त शिबिर सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।
शिबिरबाट जिल्लाका विभिन्न ठाँउका ८ सय बढी नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ । शिबिरको अन्तिम दिन सोमबार मंगलसेन नगरपालिका वडा नं. १४ कालागाँएमा भएको शिबिरबाट १ सय २९ पुरुष र ३६ महिला गरी १ सय ६५ जनाले सेवा लिएका छन् ।
यसअघि जिल्लाको कमलबजारमा भएको शिबिरमा ७५ महिला र २९ पुरुष गरी १ सय ४ जना, तुर्माखाँदमा भएको शिबिरमा १ सय ३७ पुरुष र ७९ महिला गरी २ सय १६ जनाले सेवा लिएका थिए ।
यस्तै ढकारी गाँउपालिकामा भएको शिबिरमा १ सय २६ महिला र ५६ पुरुष गरी १ सय ८२ जना र बिनायकमा भएको शिबिरमा ९३ महिला र ५३ पुरुष गरी १ सय ४६ जनाले सेवा लिएका थिए ।
पहिलो चरणमा ५ ठाँउमा सम्पन्न शिबिरबाट ५ सय ६० महिला र २ सय ५३ पुरुष गरी ८ सय १३ जनाले सेवा लिएका छन् । यसपछि पनि दोश्रो चरणमा अर्को चौमासिकमा शिबिर संचालन गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्लामा मुख तथा दाँतको समस्या अधिकांसमा रहेको र समयमै सहज उपचार नपाएका कारण यसबाट पछि झन् समस्या हुने शिबिरमा सहभागी बयालपाटा अस्पतालका डेन्टिस मोहन साउदले बताए । क्षेत्र नं २ अन्तरगत अछामका ५ वटा स्थानीय तहमा गाँउघरमै गएर दात मुख आखा स्वास्थ्य स्क्रीनिंग र उपचार र औसधि वितरण गरिएको यसरी निशुल्क आफ्नै ठाउँमा शिबिर संचालन हुदाँ उनिहरुलाई राहत मिलेको साउदको भनाई छ ।
दाँत र मुखको उपचार सबै ठाँउमा निशुल्क छैन् यो अरु भन्दा खर्चिलो पनि छ स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले भने त्यसैको सहजताका लागि हामीले शिबिर मार्फत भएपनि नागरिकलाई सेवा दिएका छौँ । आगामी दिनमा समेत यसप्रकारका शिविरलाई निरन्तरता दिने प्रमुख ढुंगानाको भनाई छ ।
यस्तै दाँत तथा मुखको जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा समेत निशुल्क उपचार संचालन हुदैँ आएको छ ।