निराकरण सम्वाददाता अछाम:सीप सिकेर मात्रै नभई सिकेको सिपलाई ब्यवहारमा लागू गरेमा मात्रै सिकेको सिपले सार्थक पाउने साफेबगर नगर उप प्रमुख बिर्मला देबि बुढ्थापाले बताएकि छन।
सोमबार साफेबगर नगरपालिकामा कोरोना कलहकाे कारण रोकिएको ३ महिने कडाई तालिमको पुन सञ्चालन गर्दै उहाँको सो कुरा बताएकि छन ।
गत बर्ष साफेबगर नगरपालिका भित्रका किशोरी महिलालाई कडाई तालिम प्रदान गरि स्वरोजगार बनाउने भनिएपनि कोरोना महामारीका कारण हुन नसकेको बताईन।
कडाई तालिममा सहभागीहरुलाई लगाव भएर तालिम लिन उनले नगर उप प्रमुख बुढ्थापाले अनुरोध गरिन । जिवनलाई सार्थक बनाउन स्वरोजगार महत्त्वपूर्ण हुने हुदा सीप सिक्न र सिकेको सीप व्यवहारमा लागु गर्न अनुरोध गरिन ।
कार्यक्रम साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौका वडा अध्यक्ष तथा नगर प्रवत्ता बालगिरी कुवर लगायतको उपस्थिति रहेको थियो ।
ब्यावसायिक तथा सीप बिकास केन्द्र धनगढी र साफेबगर नगरपालिकाको सहकार्य नगर भित्रका किशोरी महिलालाई नि शुल्क कडाई तालिम संचालन गरिएको हो।