Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिका सोकटमा प्रजनन स्वास्थ्य सम्बन्धी दुुई दिने शिविर सञ्चालन

निराकरण सम्वाददाता अछाम:चौरपाटी गाउँपालिका सोकटमा प्रजनन स्वास्थ्य सम्बन्धी दुुई दिने शिविर सञ्चालन भएको छ ।

स्वास्थ्य कार्यालय अछाम, चौरपाटी गाउँपालिका अछाम र सम विकास नेपालको संयूक्त आयोजना शिविर सञ्चालन गरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल साउदले जानकारी दिए।

शिविरमा सोमबार १०२ जना महिला, ३२ जना पुरुष गरी १३४ जनाले सेवा लिएका छन । यस्तै शिविरबाट ३६ जनाले भिडियो एक्सरे, ल्याव ७ जना र ३० जनाले भिआईए सेवा समेत लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख साउदले जानकारी दिए।

दुर दराजका महिलाहरुको प्रजनन स्वास्थ्य समस्याको पहिचाहन गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको सम विकास नेपालका अध्यक्ष पशुपती कुँवरले जानकारी दिए ।

शिविरमा प्रजननमा जटिल खालका समस्या देखिएका महिलाहरुलाई स्थानिय सरकार, सरोकारवाला संघ संस्थाहरुसँग समन्वय गरी निशुल्क उपचारका लागि पहल गर्ने सम विकास नेपालका अध्यक्ष कुँवरले जानकारी दिए । शिविर भोली वडा नं. ०२ मा सोकटमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया