निराकरण सम्वाददाता अछाम :क्यान्सर बाट मृत्यु भएका डिल्ली सिहं रावलको परिवारलाई वडा कार्यलय देविस्थानले कृया खर्च स्वरुप नगद सहयोग गरेको छ।
साफेबगर नगरपालिका वडा नं.११ देविस्थानको गुता टोल निवासी डिल्ली सिहं रावलको क्यान्सर बाट मृत्यु भएको थियोे ।
मंगलबार परिवारलाई साफेवगर नगरपालिका वडा नं.११ देविस्थानका वडा अध्यक्ष गणेश खड्काले १३ अौ पुण्यतिथिमा नगद १० हजार कृया खर्च स्वरुप सहयोग गरेका हुन ।
उक्त कार्यक्रममा नेपाली काग्रेसका वडा कार्य सभापति बिर बहाुर खड्का पार्टी सचिव उज्जल बोहरा वडा सदस्य दान बहादुर धामी नेपाली काग्रेस देविस्थान सम्मपर्क समितिका उपाध्यक्ष प्रेम ओड मेलमिलाप क्रता रामचन्द्र खड्का बेतालमाण्डौ विधालयका सहायक शिक्षक चेतराज खड्का शिक्षक महासंघका जिल्ला सदस्य धन बहादुर खाती सेर बहादुर रावल, कालच्या रावल लगायतको उपस्थिति रहेको थियो