निराकरण सम्वाददाता अछाम:शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढमा सम्पन्न भएको छ ।
बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्याय प्रमुख अथिति रहेका थिए।
बान्निगढी जयगढ गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला प्रहरी कार्यालय अछाम, बान्निगढी जयगढ गाउँपालिका इलाका प्रहरी कार्यालय जयगढ, जयगढ बजार व्यवस्थापन समिति,र कर्मचारी लगायत स्थानीय बासिन्दा बिच जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह, सरसफाइ, बजार अनुगमन, सार्वजनिक यातायातको दुरुपयोग, छाउपडी कुप्रथा लगायतका विषयमा स्थानीय तथा सरोकारवालहरुसंग छलफल तथा अन्तर्क्रिया गरिएको हो ।
कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, व्यापारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित हरुले राखेका जिज्ञासा हरुको प्रमुख जिल्ला अधिकारीले जवाफ दिएका थिए।
यस्तै सहभागीले छाउ प्रथा अन्त्य हुन नसकेको अझै पनि जनचेतनाको अभावले छाउगोठ मुक्त समाज निमार्ण गर्न समस्या भएको बताएका थिए ।शान्ति सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन बान्निगढी जयगढ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले गरका थिए।