निराकरण सम्वाददाता अछाम :छात्रा माथि यौन दुर्व्यवहार को छलफलमा जुटेका जनप्रतिनिधि लगायतलाई बिधार्थिले थुनिदिएका छन।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरले सोही बिधालयमा अध्यनरत (नाम परिवर्तन) राम बहादुर धामीकी छोरी रमिता धामी साउदलाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरेका थिए । हिजो राती नै उनलाई स्थानीयले पक्रेर राखेका थिए ।
सोहि घटनालाई मिलाउन खोजेको भन्दै बिधालयमा अध्यनरत बिधार्थिले विद्यालय व्यवस्थापन समिति अध्यक्ष,प्रधानाध्यापक,वडाध्यक्ष,अबिभावकहरुलाई कोठामा थुनिदिएका छन् । घटनाको निश्पक्ष छानबिन हुनुपर्ने भन्दै बिधार्थि आन्दोलित बनेका छन।
आरोपित शिक्षक देवेन्द्र बहादुर कुँवरलाई इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले पक्राउ गरिसकेको छ।
इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार छात्राका अकिभावक संग र गाउका अन्य ब्यक्तिसंग पनि घटनाको बारेमा सोध पुछको काम भैरहेको छ ।घटनाको थप अनुसन्धान भैरहेको छ ।