निराकरण सम्वाददाता अछाम: चौरपाटी गाउँपालिका गाउँ कार्यपालिकाको १७ औँ बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले चौरपाटी गाउँपालिकामा योजनाहरुको टेन्डर भई वाँकी रहेको रकम बाट पुनः लागत स्टमेट तयार गरी ईभिडिङ्ग मार्फत वोलपत्र आवाहन गर्ने निर्णय पारित गरेको छ।
यस्तै बैठकले वडा नं. ०३ को स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माणका लागि टेन्डर आहावान गर्ने, वडा नं. २ र ३ मा विद्युत विस्तार कार्य तिव्र रुपमा कार्य भईरहेकोले ५० के.भी. का ३ ओटा ट्रान्सफर्मर आगामि आर्थिक बर्षको वजेटबाट भूक्तानी हुने गरी खरिद गर्ने निर्णय गरिएको छ ।
यस्तै बैठकले यस्तै चौरपाटी गाउँपालिका अन्र्तगत बैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत जाडेपानी सौर्य खानेपानी आयोजना, गन्डीगाड चौखम सौर्य सिचाई योजना, एरी खोला सौर्य सिचाई योजना र कालीगढी मौर्यालेक मानव निर्मित सौर्य सिचाई ताल योजनाहरु चालुआर्थिक बर्षमा सञ्चालन गर्नका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र नयाँ वानेश्वर काठमाण्डौ र भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमा रकम माग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले गाउँपालिकामा १० बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद संयोजक रहने गरी १२ सदस्यी मुल समिति गठन गरिएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिए ।