निराकरण सम्वाददाता अछाम:अछाममा छाउपडि सम्वन्धी राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुदैछ ।
जिल्ला प्रशासन कार्यलय अछामको आयोजनामा समाजमा रहेको छाउपडि प्रथा, बालबिवाह र जातिय विबेधको अन्त्यका लागि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता आयोजना सञ्चालन हुन लागेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ४० हजार,द्धितियलाई, ३० हजार र तृतियलाई २० हजार पुरस्कार प्रदान गरिनेछ ।
छाउपडि प्रथा, बालबिवाह र जातिय विभेद झल्कले बनाइएको चित्र फाल्गुन १८ गते सम्म जिल्ला प्रशासन कार्यलयको इमेल daoachham11@gmail.comमा पठाईसक्नु पर्ने जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।