धनगढीःभागरथीको ब’लात्का’रपछि ह’त्या गरेको अभियोगमा प’क्राउ परेका किशोर उनको न्याय माग्दै हुने प्र’र्दशनमा समेत दैनिकजसो सहभागी हुने गरेको खुलेको छ।
सनातन धर्म माध्यमिक विद्यालयमै अध्ययनरत उनी भागरथीको न्यायका लागि स्थानीय खोचलेक बजारसहितका ठाउँमा गरिने प्र’र्दशनमा उनी सहभागी हुने गरेको प्रहरीले बताएको छ।
तर प्रर्दशनका क्र’ममा देखाउने शं’का’स्पद गतिविधिका का’रण प्रहरीले सुरुदेखि नै निगरानीमा राखेर उनका गतिविधि अध्ययन गरिरहेको थियो।
मृत’क भागरथीका परिवारले समेत उनीमाथि आ’शंका गरेका कारण नि’गरानी बढाएको प्रहरीेले अन्ततः उनैले ब’लात्का’रपछि भागरथीको ह’त्या गरेको खु’लेको प्रहरीले बताएको छ।
अभियुक्तले बयानका क्रममा समेत आफूले नै भागरथीको ह’त्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्दैछ।
गत माघ २२ गते विद्यालयबाट घर फर्किने क्रममा बेप’त्ता भएकी भागरथीको श’व भोलीपल्ट ह’त्या गरेको अव’स्थामा स्थानीय लवलेक सामुदायिक वनमा फे’ला परेको थियो।
घ’टनाको अनु’सन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घट’नाको अ’नुुसन्धानमा खटिएका थिए।