Advertisement
SKIP THIS
शक्तिको इच्छाशक्ति

शक्ति शाहीको इच्छाशक्ति मान्नैपर्छ । सिडिओ आफ्नो घरको बाटो २ घण्टा उकालो हिडेर बिदाको दिन (माघ ३० गते) नागरिकता बाड्न भुलु गए भन्ने थाहा पाएपछि सिडिओ फर्किदा आफ्नो घोडामाथि राखेर दैलेखपट्टि साङ्गेतडाको उकालो चढाईदिने सोच लिएर पर्खाईमा बसेछन् । सिडिओ फर्किने एउटै बाटो थियो झोलुङ्गे पुलको । घोडा ‘रेडी’ । मभन्दा पहिले तल झर्ने सशस्त्र डिएसपी सापसँग गफिदै थिए । म आईपुगे । भन्दै थिए “सिडिओ सापलाई बिहानै पु¥याई दिन्थे तर घरमै भएन । सिडिओ सापले मेरी बुहारीलाई बाटोको बारेमा सोध्नुभएछ । मेरै घरमा आउँदा समेत म घरमा भएन । निकै पश्चातापमा थिएँ ।

लिन उतै पनि जान्थेँ तर यस्तो ठाडो ओरालोमा घोडाले लडाउला भन्ने डर लाग्यो । अब पारी पु¥याई दिन्छु ।”
मैले भने पर्दैन, यत्रो उकालो त चढियो अब तपाईलाई किन दुःख दिनु ?
“नाई म सिडिओ सापलाई नपु¥याई न छाड्न्या आज । सिडिओको सेवा गर्ने यस्तो मौका न मैले पाउँछु, न यो घोडाले ।”

केही गर्दा नमानेपछि उसोभए जाउँ न त भने ।
शाहीजी एकछिन बोलेनन् । अकमकिए ।
फेरी भनेँ । जाउँ न त उसोभए ।
शाहीजीले छोरालाई खुसुक्क सोधे “खै त सिडिओ साप ?”
उनी पनि अलमलिए ।
डिएसपी सापले भन्नुभयो “अघिदेखि कुरा गरिरहनु भएको सिडिओ साप त हो नि ।”

“यति सजिलोसँग हाँसबोल गर्ने । सिडिओका जस्तो बोली नाई हजुरको । सिडिओ साप पछाडि आउँदै हुनुहोला भनी मान्याको हजुरै हुनुहुँदो रहेछ ।” बुढा एकछिन मज्जाले हाँसे ।

६६ वर्षीय शाहीजीको जोश मान्नैपर्छ । घोडा डो¥याए, म घोडामा बसेँ । उक्लिदै गर्दा थाहा भयो ‘भमरी’ रहेछ सेतो घोडाको नाम । मायाले ‘बेटा’ भन्दा रैछन् । बेलाबेला उकालोमा साढे तीन वर्षे घोडालाई भन्थे “चल बेटा आरामले सिडिओ सापलाई कहिले बोक्न पाउँथिस् र ? आज त तेरो पनि मेरो पनि दिन राम्रो रहेछ ।”

३ वर्षपहिले २४ हजारमा किनेको घोडा चढ्न त सजिलो छ, पाल्न गाह्रो छ भन्दै थिए । दिनमा चारमाना त मकैमात्र दिनुपर्छ । अनि बास, घाँस पनि । आफ्नो भन्दा बढी घोडाको ख्याल गर्छु ।
छुट्टिनु अघि तिनैजना (शक्ति, घोडा र म) ले संयुक्त फोटो खिचेर बिदा भयौ । गोकर्णप्रसाद उपाध्याय
अछामका प्रमुख जिल्ला अधिकारी हुन ।

तपाईको प्रतिक्रिया