Advertisement
SKIP THIS
न्यायलयका मुर्तिहरु टुलुटुलु हेरे भने ,

मुक्तकहरु
१)
साच्चै नहुदो रहेछ आखिर मन, बलात्कारीको।
गरेर पनि बिरोधको आन्दोलन, बलत्कारीको।
कि न्याय दिएर देखाउ, कि नजन्माउन छोरी,
कि राखेर काटिदेउ गर्धन, बलत्कारीको।

२)
अरे हिजो लाग्दैन कतै आज, लाग्दैन ।
गलत कुराको पछी समाज, लाग्दैन ।
सभामा भाषण दिदा कानुन छ भन्नेहरू ,प
दाईजोको कुरा उठाउन लाज, लाग्दैन?

३)
सधैं जान्न भन्थी रुदै दाइ घरमा ।
दुख र पिडा बुझ्दैनन मलाई घरमा।
झुण्डाएर मार्छन कि जलाउछन एक्दिन,
दाइजो नलगी गए त पराई घरमा ।

४)
बुझेर पनि नगर्दिनु भुल, रोपिदिनु पर्छ।
पारियो भने यदि टालटुल, रोपिदिनु पर्छ,
न्यायलयका मुर्तिहरु टुलुटुलु हेरे भने ,
ताकेरै छातिमा त्रिशुल, रोपिदिनु पर्छ।

५)
भ्रममै राखेर बेचिदिन्छन ब्यापार भित्र।
बसेर रचिदिए खेल सिहंदरबार भित्र।
मान्छे भन्न लाज लाग्छ बफादार कुकुरहरु,
न्याय दिन नसक्ने जन्मेछ सरकार भित्र।

६)
पारेर दिनहुुँ झै बेपत्ता मौन बसिदिन्छ।
नालायक बन्छ खाएर भत्ता मौन बसिदिन्छ।
कसरी हिटलर जन्मे बुद्धको यो देशमा ,
चाहिने बेला सार्वभौम सत्ता मौन बसिदिन्छ।
७)
तोरि पेले झै पेल्न मन्छ, दानवहरुलाई
आँखा झिकेर गुच्छा खेल्न मन्छ दानवहरुलाई
न्याय दिलाउने भ्रममा नपारीदे सरकार,
ज्युँदै आगोमा धकेल्न मन्छ दानवहरुलाई।

८)
नफुल्दै त्यो सकियो बसन्त बिचारीको।
पीडा देखिन्छ कठै ज्वलन्त बिचारीको।
फर्किन्छु भन्दै गएकी छोरी, सम्झेर पनि,
सम्झनामै सिमित भो आफन्त बिचारीको।

घनश्याम राना ऋतु
बिरेन्द्रनगर सुर्खेत

 

तपाईको प्रतिक्रिया