निराकरण सम्वाददाता अछाम: सिताले मंगलबार साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान संचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ ।
प्रदेश राजधानी कैलाली संग सूदूरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी,अछाम र बैतडीको पाटनमा लगायतका बिमान स्थलमा एयरलाईन्सले परिक्षण उडान गरेको सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भुषालले बताए ।
नागरिक उड्यन प्राधिकरणलाइै उडान परिक्षणको प्रतिबेदन बझाएपछि बजार व्यवस्थापकले नियमित उडानको मिति तोक्ने भुषालले बताए । सुदुरका पहाडि जिल्लामा रहेका एयरपोर्ट मध्ये साफेबगर एयरपोर्ट सबै भन्दा उडानका लागी सहज रहेको क्याप्टन रबिन्द्र ढंगोलले बताए ।
अहिले समिट एयरलाईन्सले अछामको साँफेबगर बाट घनगढी साप्ताहिक रुपमा नियमित रुपमा उडान गरिरहेको छ । समिटले हप्ताको एकदिन आईतवार साफे नेपालगज र बाकीदिन साफे धनगढी उडान गरिरहेको छ । साफेबगर विमानस्थलबाट सीता एयरले नियमित धनगढी उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरमा समेत केही सस्तो हुने अपेक्षा गरिएको छ।